‘भ्वाइस अफ नेपाल सिजन ५’ को ग्राण्ड फिनाले आज गोदावरीमा हुँदै, को हुन्छ विजेता?

२०८० पुष २७, शुक्रबार १६:२१ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । ‘भ्वाइस अफ नेपाल’सिजन-५ ले शुक्रबार विजेता छनोट गर्दैछ । ललितपुरको गोदावरीस्थित सनराइज हलमा भव्य फिनालेको आयोजना गरिएको छ ।

कोच मिलन नेवारको समूहबाट विनोद राई, कोच प्रमोद खरेलको समूहबाट नोगेन लिम्बू, कोच राजेशपायल राईको समूहबाट मकरबहादुर योञ्जन र कोच उदय सोताङको समूहबाट कुमार प्रयास राईले फिनालेमा प्रतिस्पर्धा गर्दैछन् । यीमध्ये बढी भोट प्राप्त गर्ने एकजना विजेता हुनेछन् ।

दर्शकले आजको पर्फमेन्सको अन्तिमसम्म खल्ती एपमार्फत भोट गर्न सक्नेछन् । तीन हजार सिट क्षमता भएको हलमा दर्शकले खल्ती एपबाट टिकट किनेर कार्यक्रम हेर्न सक्नेछन् । आफूलाई मन परेको प्रतिस्पर्धीलाई सक्दो भोट गरेर जिताउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार