काठमाडौँ । गायक उर्गेन दोङको नयाँ गीत ‘तामाङ दाई’ सार्वजनिक भएको छ । गीत उनको आफ्नै युट्युब च्यानलमार्फत् बजारमा आएको हो ।
गीतको संगीत रचना, व्यवस्था दोङ कै रहेको छ । गीतमा दोङ आफैको आवाज रहेको छ भने गायिका बेनिसा पौडेलले साथ दिएकी छन् । गीतको भिडियोमा बिजय दोङ र सृजना तामाङको अभिनय रहेको छ । आफ्नै मिहिनेत, कमाईमा रमाउने तामाङ दाईलाई आफ्नै आफन्त तथा साथीले छुरा हानेको कथा भिडियोमा देखाइएको छ । जे कुरामा पनि अत्याचार नै भएपछि अन्त्यमा तामाङ दाईले एक्सन लिएको भिडियोमा देख्न सकिन्छ ।
दोङले अहिलेसम्म धेरै गीतहरु गाईसकेका छन् । मै झुटो, जवानीले, लजालु मयालु, टाढा भएपनि, दुई दिनको माया आदि उनको चर्चित गीतहरु हुन् ।





