यश कुमारले ल्याए म्युजिकल फिल्म ‘तिमी छौं र त’, के छ भिडियोमा? (भिडिओसहित)

२०८० पुष १८, बुधबार १४:२७ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । गायक यश कुमारको शब्द, संगीत र स्वर रहेको ‘तिमी छौं र त’ बोलको गीत सार्वजनिक भएको छ। मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै म्युजिकल फिल्म भनिएको गीत सार्वजनिक गरिएको हो।

सार्वजनिक गीतको भिडिओमा यश कुमारसँगै अनु थापा, प्रेम सुब्बा, राजेश घतानीलगायत कलाकारको अभिनय छ। दिनेश पराजुलीले छायांकन गरेको म्युजिकल फिल्मलाई विकाश धमलाले सम्पादन गरेका छन्। यसलाई विज्ञान राईले निर्देशन गरेका हुन्।

यो म्युजिकल फिल्म यश कुमार अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार