काठमाडौँ । गायक प्रकाश सपूतले नयाँ गीत सार्वजनिक गरेका छन्। सोमबार प्रकाश सपूत युट्युब च्यानलमार्फत ‘मुटु कटक्कै’ बोलको गीत सार्वजनिक गरिएको हो।
गीतमा शब्द तथा संगीत प्रकाश स्वयंको रहेको छ। स्वरमा उनलाई प्रताप दास र कुशल बेलबासेले साथ दिएका छन्। गीतको भिडिओमा प्रकाश सपूत र कुसुम शर्मा, रोश्नी कार्की, विजय पुन, प्रविन भट्ट, सुनिल विक, प्रखर सपुत, विशाल घिमिरे, मिलन विश्वकर्मालाई देख्न सकिन्छ।
म्युजिक भिडिओलाई प्रकाश स्वयंले निर्देशन गरेका हुन्।





