काठमाडौँ । अभिनेत्री दीपिका प्रसाईं आमा बन्ने भएकी छन्। उनका श्रीमान दिवाकर भट्टराईले फेसबुकमा एक तस्बिर सेयर गर्दै दीपिका आमा बन्ने लागेको जानकारी दिएका हुन्।
दिवाकरले आफू बाबु बन्न लाग्दा खुशी व्यक्त गरेका छन्।’तिम्रो र मेरो जीवनको सबैभन्दा महत्वपूर्ण अनि सुन्दर परिचय थपिएको छ माया! तिमी आमा बन्दै छौं अनि म बाबा! म कति खुशी छु । तिमीलाई कति धेरै माया गर्छु । यो अनुभुति भन्नलाई यो शब्द अरू अपुरो छ । मलाई थाहा छ तिमीले बुझेको छौं। यो हाम्रो जीवनको अनि प्रेमको सुन्दर यात्रा हो माया जीवन भर तिमीसँगै यसैगरी हिँड्न पाई राखौं यही एउटा चाहना छ’ उनले लेखेका छन्।

हालै निर्देशक दिवाकर भट्टराई र अभिनेत्री दीपिकाले आगामी फिल्म’मायावी’ को छायांकन गरेका छन्। अभिनेत्री दीपिकाले ‘ऐश्वय’ र ‘छक्का पन्जा ३’ मा अभिनय गरेकी छन्।





