सौगात र विपीनको ‘द रेड सुटकेस’ को पोस्टर सार्वजनिक, चैत ३० गतेदेखि प्रदर्शनमा आउने

२०८० पुष १६, सोमबार १२:३७ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । सौगात मल्ल र विपीन कार्की अभिनीत फिल्म ‘द रेड सुटकेस’ को प्रदर्शन मिति घोषणा गरिएको छ। अंग्रेजी नयाँ वर्षको अवसर पारेर पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति तय गरिएको हो।

यो फिल्म आगामी चैत ३० गतेदेखि प्रदर्शन हुने भएको छ। फिल्मलाई फिडेल देवकोटाले निर्देशन गरेका हुन्। फिडेलकै लेखन रहेको फिल्ममा सौगात मल्ल, विपीन कार्की, प्रविन खतिवडा, सृष्टि श्रेष्ठलगायत कलाकारको अभिनय छ। सुशन प्रजापतिको छायांकन गरेको फिल्मलाई समन अलभितिगाले सम्पादन गरेका हुन्।

फिल्मलाई आइसफल प्रोडक्सनका लागि रामकृष्ण पोखरेल र शोभा थापाले निर्माण गरेका हुन्। फिल्मको सह(निर्माणमा श्रीलंकाका निर्माता विमुक्ति जयसुन्दरा रहेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार