अभिनेता खानको मृत्युको खबर झुटः खान भन्छन्, ‘म जिउँदो छु, तपाईहरूलाई अझै मनोरञ्जन दिनेछु।’

२०८० पुष १३, शुक्रबार १५:०६ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । २२ डिसेम्बरमा अभिनेता साजिद खानको मृत्यु भएको खबर आएपछि स्वयम खानले इन्स्टाग्राममा एक भिडिओ सेयर गरेका छन् । उनले आफू जिउँदो भएको बताएका छन्।

‘अभिनेता साजिद खानको मृत्यु भएको हो। उनी ७१ वर्षका थिए। उनले सन् १९५७ मा ‘मदर इन्डिया’ फिल्ममा अभिनय गरेका थिए। उनले सुनील दत्त सानो हुँदाको भूमिका निर्वाह गरेका थिए। उनी साजिद खान नै हुन्। उनी सन् १९५१ मा जन्मिएका थिए भने म २० वर्ष पछि जन्मिएको हुँ। उनको मृत्यु हुँदा म दुःखी छु। तर केही गैरजिम्मेदार मिडियाले मेरो फोटो हालेर समाचार छापेछन्। मानिसहरू मलाई त जिउँदै छस् नि भन्दै सोधिरहेका छन्,’ उनले भने, ‘म जिउँदो छु, तपाईहरूलाई अझै मनोरञ्जन दिनेछु।’

साजिद खानले ‘हे बेबी, हाउसफुल, हाउसफुल २, हिम्मतवाला, हमशकल्स’ जस्ता फिल्म निर्देशन गरेका छन्। उनले ‘झुठ बोले कौवा काटे, ह्याप्पी न्यू इयर, मुझसे शादी करोगी’ जस्ता फिल्ममा अभिनय समेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार