काठमाडौँ । गौतम डंगोलको ‘स्वर्ग सरी इलाम’ बोलको गीत सार्वजनिक भएको छ। डंगोलको शब्द रहेको उक्त गीतमा विशन निरौलाको संगीत रहेको छ ।
गीतमा विशन निरौला र झुमा निरौलाको स्वर रहेको छ। गीतको भिडियो पनि बनेको छ। उक्त गीतको भिडियोको निर्देशन अञ्जन शर्माले गरेका हुन्। उक्त गीतको भिडियोको छायांकन राम केसी र उनको टोलीले गरेका हुन् भने राकेश दाहालले सम्पादन गरेका हुन्।
भिडियोमा विबास रेग्मी, समजना सापकोटा, दीपक पराजुली, मेनु कुमाइ लगायतका कलाकारको अभिनय देख्न सकिन्छ।





