गायक हिमाल श्रेष्ठको ‘परेलीले’ गीतको भिडियो रिलिज (भिडियो)

२०७९ चैत्र ५, आईतवार ०७:५१ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । गायक हिमाल श्रेष्ठको ‘परेलीले’ बोलको गीतको भिडियो रिलिज भएको छ । सार्वजनिक गीतमा कृष्ण थापाको शब्द तथा गायक श्रेष्ठकै संगीत रहेको छ ।

बुद्ध स्याङवाको एरेन्ज तथा गायक हिमाल स्वयंको मिक्स र मास्टरिङ रहेको सार्वजनिक गीतको छायांकन उत्सब दाहालले गरेका हुन् भने सम्पादन विकास दाहालले गरेका हुन् । आफ्नी मायालुको सुन्दरताको वर्णन गरेको भिडियोमा मोडल विकास चौहान र सृजना कार्कीको अभिनय रहेको छ । सिक्किमकी ख्यातीप्राप्त टिकटक स्टार, सिक्किम गर्ल सृजना र अमेरिकामा बस्दै आएका मोडल विकासको अनस्क्रिन रोमान्सलाई निर्देशक प्रकाश धितालले कलात्मक शैलीमा भिडियोमा देखाएका छन् ।

‘क’ बाट कछुवा ख खरायो, सानीले, लगायतका गीतहरू बजारमा ल्याइसकेका गायक हिमालको ‘देउराली पाखैमा’ बोलको गीतको भिडियो बजारमा आउने क्रममा रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार