देशभर पाँच जनामा कोरोना सक्रिय संक्रमित

२०७९ फाल्गुन २२, सोमबार १०:५२ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कोही व्यक्तिमा पनि कोरोना संक्रमण पुष्टि भएको छैन । १७३ वटा स्वाब नमुनाको परीक्षण गर्दा संक्रमण नदेखिएको हो ।

यो अवधिमा देशभर एकजना कोरोना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या पाँच रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार