स्याङ्जा। स्याङ्जाको गल्याङ नगरपालिकाद्वारा नगरपालिकाको वडा नं. ११ मा १४ वटा वडा कृषक समूह र फर्म मार्फत १५००० दाना जनकदेव P.B.S.आलु बीउ वितरण गरेको छ । नगरप्रमुख गुरु प्रसाद भट्टराईद्वारा वितरित १५००० दाना P.B.S. मार्फत ५ वर्षमा करिव २००० मेट्रीक टन उन्नत आलु विउ उत्पादन हुने समेत प्रक्षेपण गरिएको छ ।
नगर प्रमुख भट्टराईले आलु बीउ उत्पादनको लागि प्रसिद्ध नगरपालिकाको यस ठाउँको लागि नगरपालिकाले विशेषज्ञ सहितको कार्यक्रम निर्माण गरेको र अनुदानका समेत कार्यक्रम लागू गरि कृषक प्रोत्साहन गर्ने बताए। साथै उनले हाम्रो माटो सुहाउँदो कृषिबाट नै सम्पन्नता तर्फ अघि बढिने भएकोले अत्याधुनिक प्रबिधीयुक्त कृषिका लागि नगरपालिकाले सहयोग गर्ने बताए । हाल गण्डकी प्रदेशको कुल बिउ आलु उत्पादन मध्ये ६५५ बिउ आलु उत्पादन गल्याङ नगरपालिका वडा नं. ११ मा हुने गरेको छ । हालै नगरपालिकाले कृषकका लागि विभिन्न अनुदान र प्रोत्साहनका निम्ति कार्यक्रमहरु अगाडि बढाएको छ।
नगरपालिकाले एक सुचना जारी गरि कृषकहरुका निवेदन संकलन थालिसकेको छ र बहुउपयोगी हाते ट्राक्टर, सुन्तला पकेट क्षेत्र निर्माण,तरकारीबाली पकेट क्षेत्र , उन्नत जातको कागती खेती,च्याउ खेती, साना टनेल निर्माण लगाएत मा समेत ५०५ अनुदानमा बितरण गर्ने प्रक्रिया थालेको छ।